शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बसमा हस्तमैथुन गरी युवतीको टाउकोमा स्खलन गर्ने युवक पक्राउ

दैनिक नेपाल २०७६ पुष २९ गते १२:४३

काठमाडौं, २९ पुस ।  गत वर्ष काठमाडौंको एक सार्वजनिक बसमा हस्तमैथुनसहित अश्लील हर्कत गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन कार्की भनिने रवि रूचाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

निकै भाइरल भएको ‘बस काण्ड’ प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले लामो अनुसन्धानपछि सोमबार साँझ उक्त व्यक्तिलाई चितवनबाट पक्राउ गरेको हो ।

लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको महाशाखाले जनाएको छ । युवकलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

भाइरल भएको भिडियोमा सार्वजनिक बसभित्र उक्त युवकले हस्तमैथुन गरी अघिल्लो सिटमा बसेकी महिलाको कपालमा स्खलन गरेको देखिन्थ्यो ।

यद्यपि, दृष्यमा युवक र महिला दुबैको अनुहार नदेखिँदा अनुसन्धान गर्न केही समय लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित