शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

उर्जामन्त्री पुनले ओमान पुगेर दिए समवेदना

दैनिक नेपाल २०७६ पुष २९ गते १२:३३

ओमान, २९ पुस । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनले ओमानका राजा सुल्तान काबूस विन ताइमुर विन अल सइदको शुक्रबार भएको निधनप्रति समवेदना प्रकट गरेका छन् ।

अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघको १० औं साधारण सभामा भाग लिन युएई पुगेका मन्त्री पुनले ओमानको राजधानी मस्कट पुगेर त्यहाँको सरकार र जनतालाई समवेदना प्रकट गरेका हुन् ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त राजा सुल्तान हाइतम विन तारिक विन ताइमर अल सइदलाई भेटेर समवेदनापत्र पनि दिएका थिए ।

मन्त्री पुनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्दै नेपाल र ओमानबीच ४३ बर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कुटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित