शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पत्रकार खड्काको ‘नियत’मा के छ ?

दैनिक नेपाल २०७६ पुष २९ गते १२:१७

काठमाडौं । लामो समय रङ्ग पत्रकारिता गरेका डिबी खड्काले समाचारमा लेख्न नसकिएका अँध्यारा पाटोलाई खुलासा गर्दै पुस्तक ‘नियत’ लेखेका छन् । जसको सोमबार एउटा औपचारिक कार्यक्रममा लोकार्पण गरियो ।

मनोरञ्जन क्षेत्रमा संघर्ष गर्दाका कतिपय कलाकारको भोगाईको पाटोलाई उनले पुस्तकमा उन्ने कोशीश गरेको बताएका छन् । त्यसैले ‘नियत’सँग जोडेका छन्– रंगिन दुनियाँका रङ्गहिन दृष्टान्त ।

प्रज्ञा भवनमा कमालादीमा एक कार्यक्रमबीच अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले उक्त कृति ‘नियत’ लोकार्पण गरे ।

कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको नियतलाई उनले पुस्तकको आकारमा प्रकाशनमा ल्याएका हुन् ।

खड्का भन्छन्,‘कतिपय अँध्यारा पाटा पनि हुन्छन् जसलाई समाचारमा उन्न नसकिने अवस्था थियो । त्यसलाई समाजमा कुनै न कुनै रुपमा उजागर गर्ने क्रममा पुस्तकको आकार लियो ।’

कलाकारिता क्षेत्रमा संघर्षका दौरान कतिपय नवप्रवेशीले कास्टिङ काउचजस्ता यौनहिंसा, प्रस्तावले मानसिक तनाव खेप्नु परेको हुन्छ । पुस्तकमा यस्ता अंश र अनुभवलाई पनि समेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित