४ कार्तिक २०८३, बुधबार

गायक निशान भट्टराईको सडक दुर्घटनामा निधन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक निशान भट्टराईको सडक दुर्घटनामा काठमाडौंमा निधन भएको छ ।

सोमबार राति दरबारमार्गस्थित ‘वान थाई’ रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सिध्याएर घर फर्किने क्रममा गायक भट्टराई सवारी दुर्घटनामा परेको आफन्तजनले बताएका छन् ।

गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियोे । तर, चिकित्सकहरूको रातभरको प्रयास असफल भयो ।

गायक भट्टराईको उपचारका क्रममा निधन भएको साथीहरूले बताएका छन् ।