शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सांगीतिक जात्रामा नितेशको प्रस्तुती हुने

दैनिक नेपाल २०७६ पुष २८ गते १५:५४

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा हुने सांगीतिक जात्राँमा नितेशजंग कुवँरको प्रमुख प्रस्तुती हुने भएको छ ।

होली पर्वको अवसरमा मेल्बर्नको केन्द्रविन्दु फेडरेसन स्क्वायरमा हुने कार्यक्रममा दर्शकहरुले गायक कुवँरको प्रस्तुती हेर्न पाउनेछन् ।

एस इभेन्टस एण्ड मल्टिमिडियाले होली पर्वको अवसरमा प्रत्येक दुई वर्षमा सांगीतिक जात्रा गर्दै आएको छ ।

‘हामीले प्रत्येक दुई वर्षमा कार्यक्रम गर्दै आइरहेका छौँ, रंगको पर्व होलीलाई मनोरञ्जनात्मक बनाउन हामीले स्वेदेशी तथा विदेशी कलाकारलाई आमन्त्रित गरेका छौँ’, एस इभेन्टेसका प्रबन्धक सुनोद श्रेष्ठले भने ।

यसवर्षको सांगीतिक जात्रामा नेपाल भ्रमण वर्षको प्रबद्र्धन समेत गरिने श्रेष्ठले बताए । त्यसका लागि सांस्कृतिक झाँकी सहितको प्रस्तुती राखिने उनले बताए । साथै नेपालका प्रमुख पर्यटकटीय स्थलबारे जानकारी दिने पर्चा विदेशीलाई वितरण गर्ने श्रेष्ठको भनाई छ ।

सांगीतिक जात्रामार्फत अष्ट्रेलियामा नेपाली संस्कृति र संगीतको प्रवद्र्धनमा योगदान गरेको भन्दै मेल्वर्नको महावाणिज्यदूतको कार्यालयले सम्मान समेत प्रदान गरेको थियो। सांगीतिक जात्रामा रामकृष्ण ढकाल, संजीव सिंह, प्रशान्त तामाङ स्याडोज ब्यान्ड सहभागी भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित