शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दिलीपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको निर्णय

दैनिक नेपाल २०७६ पुष २८ गते ११:५४

काठमाडौं, २८ पुस ।  धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा बालुवा, गिट्टी उत्खनन् गरेको विरोध गर्दा हत्या गरिएका दिलीप महतोको परिवारलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

दिलीप महतोको शुक्रवार विहान गाडीको लिभरले हानेर घाइते बनाई खोलामा टिपर चढाएर दिलीपको हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित