बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

महरा मुद्दामा बकपत्रका लागि विज्ञ झिकाउन अदालतको आदेश

दैनिक नेपाल २०७६ पुष २८ गते १०:४८

काठमाडाैं, २८ पुस ।  जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्वामा घटनाको विवरण कागज गर्ने व्यक्ति र केन्द्रीय पहरी विधिविधान प्रयोगशाला विज्ञलाई बकपत्रका लागि अदालतमा झिकाउन अदालतले आदेश जारी गरेको छ ।

आइतबार महराको अन्तिम सुनुवाई शुरु भएकोमा न्यायधीस अम्बरराज पौडेलको इजलासमा अदालते विज्ञ झिकाउन आदेश जारी गरेको हो । सरकारी वकिल र अन्य साक्षीको बयान समाप्त भएपछि अन्तिम सुनुवाइ आइतबारदेखि शुरु भएको हो ।

बकपत्र गरेर अधिवक्ता र सरकारी वकिलले आआफ्नो बहस गरेपछि अदालतले फैसला सुनाउने छ । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित