बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कारागार कर्मचारीकै मिलेमतोमा कारागारबाट कैदी फरार

दैनिक नेपाल २०७६ पुष २८ गते ९:४८

रौतहट, २८ पुस ।   अपहरण तथा शारीरिक बन्दकको अभियोगमा गौर कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी आइतबार राति फरार भएका छन् ।

वृन्दवन नगरपालीका–२ घर भएका २७ वर्षिय अशोक यादव राति कारागारबाट फरार भएका हुन् । सर्लाहीमा भएको बालक अपहरण मुद्दामा यादवलाई अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

कैदी भगाएको आरोपमा कारागारका कार्यालय सहायक एकरामुल हकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाको प्रकृति हेर्दा कारागारकै कर्मचारीको मिलोमतोमा भगाएको देखिएको प्रहरीले जनाएको छ ।

कैदी भाग्ने बेला सेन्ट्री बस्ने प्रहरी कर्मचारीलाई समेत जिल्ला प्रहरीले निलम्बनको तयारी गरेको छ । फरार कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित