शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पश्चिमी पहाडी र हिमाली भागमा हिउँ र पानी पर्ने सम्भावना

दैनिक नेपाल २०७६ पुष २८ गते ९:४४

काठमाडाैं, २८ पुस । पश्चिमका पहाडी र हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

साेमबार बेलुकादेखि यी ठाउँमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

देशका अरु ठाउँमा भने पश्चिमी वायुको प्रभाव खासै पर्ने छैन ।

पूर्व र मध्यका केही ठाउँमा बिहान लागेको कुहिरो १० बजेतिरबाट पातलिँदै गएर दिउँसो सामान्य बादल लाग्ने सम्भावना छ ।

तराईका भेगमा भने साेमबार दिनभर कुहिरो लाग्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित