शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा

दैनिक नेपाल २०७६ पुष २८ गते ९:०१

काठमाडाैं, २८ पुस । गृह मन्त्रालयले विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सुरूवा गरेको छ ।

सरुवाअनुसार कपिलवस्तुमा दीर्घनारायण पौडेल, रौतहटमा वासुदेव घिमिरे र सोलुखुम्बुमा रमा आचार्यलाई सिडिओका रुपमा पठाइएको छ ।

पौडेल अध्यागमन कार्यालय, घिमिरे कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा कार्यरत थिए ।

कपिलवस्तुका सिडिओ गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक, रौतहटका कामु सिडिओ किरण थापालाइ अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सोलुखुम्बुका बेदनिधी खनालको सहायक सिडिओका रुपमा रुपन्देहीमा सरुवा गरिएको स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित