शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई नेकपाका कार्यकर्ताले कालोमोसो दले

दैनिक नेपाल २०७६ पुष २८ गते ८:१४

घाेराही, २८ पुस । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले कालोमोसो दलेका छन् ।

आइतबार उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाएरको नेकपाले कालाेमाेसाे दलेकाे जनाएकाे छ ।

घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर पनि भेटिएको छ ।

दाङबाट सरुवा भएर गइसकेका चौधरी आइतबार रमना लिन जिल्लामा आएका थिए । उनी जिल्लामा मुस्किलले ३/४ महिना प्रमुखको रुपमा काम गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित