शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नायिका आरतीलाई बलात्कार प्रयास

दैनिक नेपाल २०७६ पुष २८ गते ७:५८

मुम्बई । बिग बोस १३ औं संस्करण चलिरहेको छ । हिन्दी चलचित्र छपाक टिम फिल्म प्रमोशनका लागि उक्त कार्यक्रममा सहभागी भएकाे थियाे ।

दीपिका पादुकोण, विक्रान्त मस्नी र लक्ष्मी अग्रवालले बिग बोसको घरमा सहभागीसंग केही समय बिताए । जारी प्रोमोमा सहभागीले आफ्नो जीबनमा भोगेका केही खराब घटना उल्लेख गरेका छन् । सोही प्रोमोमा आरती सिंह अर्थात गोबिन्दाकी भान्जीले अनौठो घटनाको खुलासा गरेकी छिन् ।

सहभागीकै वीचमा आरतीले भनेकी छिन्, ‘१३ वर्षको उमेरमा मलाई घरमै बन्द कोठामा कसैले बलात्कार प्रयाश गरेको थियो । यो घटना सम्झँदा अहिले पनि मेरो जीउ काम्छ ।’

३५ वर्षीया आरती कृष्णा अभिषेककी बहिनी हुन् । उनले टिभी शो मायकावाट करिअर सुरु गरेकी थिइन् । उनले गृहस्थी–थोडा है बसर थोडे की जरुरत हैलगायतमा काम गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित