शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भोगाधिकार जग्गामा सरकार लचिलो

दैनिक नेपाल २०७६ पुष २८ गते ७:१३

काठमाडाैं, २८ पुस । भोगाधिकारका लागि दिइएको सरकारी जग्गाबारे सरकार लचिलो देखिएको छ। सरकारी जग्गा प्रयोग गरेका संघ, सस्थाले सरकारको निर्देशन पटक–पटक उल्लघंन गरे पनि त्यस्ता संघ संस्थालाई कारबाही नगरी सरकारले अर्को एकपटक अवसर दिने तयारी गरेको हो। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका अनुसार यस्ता जग्गालाई भाडमा दिन मन्त्रालयले अर्को सूचना निकाल्ने भएको छ।

सरकारले यसअघि यस्तो सूचना तीनपटक निकालिसकेको छ। तर भोगाधिकार गरिरहेका ३ सय ५१ मध्ये १२ वटा भाडमा आउन तयार देखिएका छन् भने बाँकीले अटेर गरेका छन्।

भाडामा आउन तयार नभएका संघ संस्थालाई कारबाही गर्न सरकार हिचकिचाएको छ। भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले त्यस्ता संघ, संस्थालाई भाडामा आउन मन्त्रालयले अर्को सूचना निकाल्न लागेको र आउन नचाहने संघ संस्थाको हकमा के गर्ने भन्ने विषयमा मन्त्रालयले आन्तरिक छलफल गरेको बताए।

भोगाधिकारका लागि लिएको जग्गाको भाडा तिर्नु पर्दैन तर भाडामा लिँदा रकम तिर्नुपर्ने भएपछि सरकारी जग्गा प्रयोग गरेका संघ, संस्था त्यसमा आउन तयार नभएका हुन्। ‘सरकारी जग्गा प्रयोग गर्नेहरू सरकारभन्दा शक्तिशाली देखिएका छन्। त्यस्ता संघ संस्थालाई कारबाही गर्न नसकी सरकारले पटकपटक सूचना निकाल्ने गरेको छ,’ मन्त्रालयका एकउच्च कर्मचारीले भने। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित