शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउ: नेपाली कांग्रेस

दैनिक नेपाल २०७६ पुष २७ गते १५:५१

काठमाडौं, २७ पुस ।   प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ ।

आइतबारको संसद बैठक सूचना टाँसेर स्थगित भएपछि कांग्रेसले विरोध गर्दै विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको आरोप लगाएका छन्।

‘नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ।

शर्माले प्रतिनिधिसभालाई सत्तारुढ दलभित्रको विवादको छाया बनाएको आरोप लगाएका छन्।

प्रतिक्रिया
सम्बन्धित