शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत घुससहित पक्राउ

दैनिक नेपाल २०७६ पुष २७ गते १३:५२

काठमाडौं, २७ पुस ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय प्रदेश नं ३ ललितपुरका लेखा अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।

लेखा अधिकृत बिष्णुहरी पुडासैनी २२ हजार घुससहित पक्राउ परेका हुन् । पुडासैनीले सडक निर्माण कार्यको टेण्डर सम्झौतामा सेवाग्राहीसंग घुस लिइरहेका बेला आयोगले पुडासैनीलाई रंगेहात पक्राउ गरेको हो ।

पुडासैनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सोही अनुसन्धानमा पुडासैनीलाई आयोगको टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट पक्राउ गरेको थियो। आयोगले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया
सम्बन्धित