शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रदेश ३ को राजधानी हेटौंडा, नाम बाग्मती घोषणा

दैनिक नेपाल २०७६ पुष २७ गते ११:५१

काठमाडौं, २७ पुस ।  प्रदेश नम्बरको ३ कोे नाम बाग्मती र राजधानी हेटौडा घोषणा भएको छ । प्रदेशसभामा आइतबार बिहान ९ बजेबाट सुरु भएकोको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको सभामुख सानुकुमार श्रेष्ठले बताए।

दुईतिहाइ मतरहेको सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेको हो।

यस अगाडि ३ नम्बर प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल राजधानी कायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको छ। मतदानमा विवेकशील साझा पार्टीको ३ मत परेको सभामुख सानुकुमार श्रेष्ठले बताए।

साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले धुलिखेलमा मतदान गरेका हुन्। काभ्रेको विपक्षमा १ सय १ मत परेसँगै राजधानी अस्वीकृत भएको हो। प्रदेश सभामा रहेको ११० सांसद रहेका छन्। प्रदेशको स्थायी राजधानीका लागि शनिबार २ वटा नाम प्रदेशसभामा दर्ता भएको थियो।

यस्तै, प्रदेशको स्थायी राजधानी र नाम प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले शनिबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकेकोमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको छ।

बागमती नामको प्रस्तावक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य छन्। स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रदेश ३ को राजधानी मकवानपुर, काभ्रे, भक्तपुर, चितवन र नुवाकोट उपयुक्त रहेको सिफारिस गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित