मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

‘ढाकाको टोपी नयाँ’मा खनाल र राेकाकाे स्वर

दैनिक नेपाल २०७६ पुष २७ गते १०:०६

काठमाडौं । गायिका सरिता खनालले गायक साधुराम रोकासँग मिलेर ‘ढाकाको टोपी नयाँ’ बोलको दोहोरी गीत रिलिज गरेकी छिन् ।

लामो समयदेखि गायन क्षेत्रमा रहेकी गायिका खनालले आफ्नो पछिल्लो दोहोरी गीत ‘ढाकाको टोपी नयाँ’ बजारमा ल्याएकी हुन् । गायिका खनाललाई स्वरमा गायक रोकाले साथ दिएका छन् ।

शिव हमालको शब्द र लय रहेको ‘ढाकाको टोपी नयाँ’को म्युजिक भिडियोलाई पनि युट्युबबाट रिलिज गरिएको छ ।

म्युजिक भिडियोको निर्देशन बब्बु थापाले गरेका छन् । छायाँकन दुर्गा पौडेल र सम्पादन प्रवीण भट्टले गरेका हुन् । म्युजिक भिडियोमा पार्वती राई र बब्बु थापाका साथै गायिका खनाल तथा गायक रोका पनि रहेका छन् ।

अहिले पनि सांगीतिक क्षेत्रमा रहेकी गायिका खनालले लोक तथा दोहोरी गीतमा आफूलाई समर्पित गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित