९ मंसिर २०८३, बुधबार

प्रदेश ३ काे राजधानी र नाम ताेक्न मतदान हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २७ पुस । प्रदेश नम्बर ३ प्रदेश सभाबाट आइतबार औपचारिकरुपमा प्रदेशकाे नाम र राजधानी तोकिने भएको छ ।

प्रदेशको नाम वागमती र राजधानी हेटौँडा कायम गर्न आइतबार बिहान ९ बजेदेखि मतदान हुँदैछ । प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेश ३ ले नाम र स्थायी राजधानी पाउने भएको छ ।

यसअघि प्रदेश सभाले नाम र राजधानी तोक्न नसकेकाे भन्दै जनगुनासो आइरहेकाे थियो । प्रदेश सभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो ।

सभामुखभन्दा बाहेक एक सय ५ जना सांसद्ले स्थायी राजधानी हेटौँडाको पक्षमा मतदान गर्ने पक्का भएको छ । प्रदेशको नाम वाग्मतीमा स्वतन्त्र सांसद प्रेम तामाङ बाहेक सबै दलका सांसद एकमत भएका छन् ।

नेकपा र कांग्रेसका सांसदले फ्लोर क्रस नगरेमा दुई तिहाइभन्दा पनि बढी मतले हेटौँडा र राजधानी पारित हुने अवस्था छ । दुवै दलमा हेटौँडा र वागमती हुँदैन भन्दै असन्तुष्टि जनाए पनि प्रस्ताव दर्ता र पेस गर्दा सबैले समर्थन गरेका छन् ।

प्रदेश ३ मा एक सय १० जना सांसद् छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि एक सय ९ जना रहेका छन् । यीमध्ये नेकपाका सांसद् ७९ जना छन् ।

याे सङ्ख्या राजधानी पारितका लागि दुई तिहाइ हाे । यसमा नेपाली काङ्ग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १–१ मत जोड्दा राजधानी हेटौँडाको पक्षमा एक सय ५ मत पुग्छ ।