शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

संसदकाे बैठक आज, नेकपाका कारण अन्याैल

दैनिक नेपाल २०७६ पुष २७ गते ८:४५

काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार टुंगो नलगाउँदा बन्धक जस्तै बनेको प्रतिनिधिसभा बैठक आज आइतबार बस्ने कार्यक्रम छ ।

बैठक दिउँसो १ बजे बोलाइए पनि अहिलेसम्म सत्तासीन दलभित्र सभामुख चयनमा सहमति हुन सकेको छैन । सोही कारण आजको बैठकबारे पनि अन्योल छ ।

सभामुख निर्वाचनको कार्यतालिका तय गर्ने योजना भए पनि बैठक बस्नेबारे नै अन्योल छ ।

पुस ४ गते सुरु भएको संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा शोक प्रस्ताव पारित मात्र भयो । त्यसपछि बैठक ११ गते बेलाइयो ।

त्यो बैठक सूचना टाँसेर स्थगित गरियो । १६ गते बोलाइएको बैठक पनि सूचना टाँसेरै स्थगित गरियो । आजको बैठकबारे पनि अझै अन्योल छ ।

नेकपा सचिवालयको बैठकले हिजो उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न निर्देशन दिएको थियो । तर सभामुखको उम्मेदवारबारे भने नेकपामा अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया
सम्बन्धित