४ कार्तिक २०८३, बुधबार

स्मृति इरानीद्वारा नायिका दीपिकाको आलोचना

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतीय महिला तथा बाल विकासमन्त्री स्मृति इरानीले नायिका दीपिका पादुकोणको चर्को आलोचना गरेकी छिन् ।

दीपिकाले जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थीहरूमाथि भएको आक्रमणको विरोध गर्ने विद्यार्थीलाई साथ दिएको भन्दै दीपिकाको चर्को आलोचना गरिन् ।

उनले दीपिकामाथि देश विभाजन गर्न खोज्नेहरूलाई साथ दिएको आरोप लगाउदै भनेकी छिन् ‘सबैले दीपिका जेएनयू गएको समाचार पढ्नुभयो होला । उनी भारतलाई विभाजन गर्न खोज्नेहरूका साथ खडा भइन् ।’

इरानीले रुष्ट हुँदै भनिन् दीपिका तिनीहरूका साथमा देखिइन् जसले लाठीले युवतीहरूका गोप्य अंगमा हमला गरेका थिए ।’

भाजपा नेता तेजिन्दर पाल बग्गाले स्मृति इरानीको यो टिप्पणीमा एक भिडियो नै ट्विट गरेका छन् । उनले दीपिकाको राजनीतिक स्वार्थ रहेको पनि आरोप लगाएकी छन् ।