बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

प्रदेश ३ को नाम र राजधानीका लागि दुई प्रस्ताव दर्ता

दैनिक नेपाल २०७६ पुष २६ गते १२:५७

काठमाडाैं, २६ पुस ।   ३ नम्बर प्रदेशको नाम र स्थायी राजधानीका लागि पस्ताव दर्ता भएको छ । शनिबार प्रदेशको नामका लागि एक र प्रदेश राजधानीका लागि दुई प्रस्ताव दर्ता भएका हुन् ।

शनिबार बिहान ९ देखि ११ बजेसम्म प्रदशको स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले समय तोकेकोे थियो।

प्रदेशको नाम वाग्मती राखियोस भनी नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बाँनियाले गरेको प्रस्तावका समर्थकमा नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझाका रमेश पौडेल र शोभा शाक्य रहेका छन् । उक्त नाममा नेमकिपाको पनि समर्थन गरेको छ।

त्यसैगरी प्रदेश राजधानीका लागि भने दुईवटा प्रस्ताव दर्ता भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा राजधानी बनाइयोस भनी प्रस्ताव दर्ता गरेका छन् भने विवेकशील साझाका सांसद रमेश पौडेलले धुलिखेल राजधानी बनाउन प्रस्ताव दर्ता गरेका छन्।

डोरमणिको प्रस्तावमा इन्द्रबहादुर बाँनिया, रिता माझी र रिना गुरुङको समर्थन छ भने रमेशको प्रस्तावमा सांसद शोभा शाक्य र विराजभक्त महर्जन समर्थक रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित