शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिलीपको टिपरले किचेर हत्या गरेको आरोपमा क्रसर सञ्चालक पक्राउ

दैनिक नेपाल २०७६ पुष २६ गते ११:३०

काठमाडौँ, २६ पुस ।  शुक्रबार बिहान मनिङवाक हिँडेका दिलीप महतोको हत्या आरोपमा स्थानिय क्रसर संचालक विपीनकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध उत्खनन् गरी नदीजन्य बस्तु तस्करीको विरोध गर्ने इन्जिनियरिङका विद्यार्थी दिलीपकुमार महतोको ट्रिपरले किचेर शुक्रबार हत्या गरिएको हो ।

मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन् गरी बालुवा, गिट्टी झिकिरहेको काम रोक्दा महतोको हत्या गरिएको प्रहरीले शंका गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट उनलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया
सम्बन्धित