
म्याग्दी, २६ पुस । म्याग्दीको एक एनसेल टावरमा आगजनी भएको छ । मालिका गाउँपालिका–१ निस्कोटमा रहेको टावरमा गएराति अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ ।
आगजानीका कारण टावर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सरकाले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले टावरमा आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।











प्रतिक्रिया