शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

तुम्बाहाम्फेको सभामुख बनिछाड्ने अडान कायमै

दैनिक नेपाल २०७६ पुष २६ गते ९:०६

काठमाडौं, २६ पुस ।  उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू सभामुख बन्न योेग्य भएकाले आफूलाई जसरी भएपनि सभामुख बनाउनुपर्ने अडान कायम राखेकी छिन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसंगको छलफलमा तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउनुपर्ने अडान कायम राखेकी हुन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलको क्रममा तुम्बाहाम्फेले अडान नछाडेपछि नेकपा अहिले झनै संकटमा परेको छ । नेकपामा अहिले सभामुख कसलाई बनाउने भन्ने विषयमा संकट बढ्दै गएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पूर्वसभामुख सुवाश नेम्बाङलाई सभामुख बनाउने पक्षमा रहेका छने भने अर्का अध्यक्ष पुष्पकमल दहाल अग्नि सापकोटालाई सभामुख बनाउने पक्षमा रहेका छन् ।

यसैगरि, राष्ट्रपति विद्या दवी भण्डारी भने तुम्बाहाम्फेलाई नै सभामुख बनाउने पक्षमा रहेकी छिन् । नेकपाभित्रको सभामुख किचलोले संसदको कारबाही प्रभावित भइरहेको छ ।

उपसभामुख तुम्बाहाम्फेलाई नेकपाले बारम्बार राजीनामा दिनका लागि अनुरोेध गर्दा पनि आफू सभामुख बन्नुपर्ने अडानमा रहेकी तुम्बाहाम्फेले राजीनामा दिएकी छैनन् ।

छलफलमा तुम्बाहाङफेले अध्यक्षद्वय ओली र दाहाललाई निकास दिन आग्रह गरेकी छन् । अब संसद्लाई अनिर्णयको बन्दी बनाउन नसकिने भन्दै छिटो निकास दिन आग्रह गरेकी उनले सभामुख पदमा आफ्नो पनि दावी रहेको बताइन् ।

अध्यक्षद्वय ओली र दाहालबीच सभामुख उम्मेदवार टुंगो लगाउन पटकपटक छलफल भए पनि निकास निस्कन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित