४ कार्तिक २०८३, बुधबार

फरक भूमिकामा बलिउड अभिनेत्री भूमि पेडनेक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई . बलिउड अभिनेत्री भूमि पेडनेकरले यस वर्ष महिलाका फरक भूमिकामा आधारित फिल्महरूमा देखिने भएकी छिन् ।

गत वर्ष ‘साँड की आँख’, ‘बाला’ र ‘पति पत्नी और वो’ जस्ता फिल्ममा दमदार भूमिका निर्वाह गरेकी उनले यस वर्ष महिलाका फरक भूमिकामा आधारित कथावस्तुलाई प्राथमिकता दिएको बताएकी छन् ।

‘यस वर्ष मद्वारा अभिनित महिलाका फरक भूमिकाहरूमा आधारित फिल्महरू रिलिज हुँदैछन्। ती फिल्महरूले महिलाको फरक अवतारहरूको चित्रण गरेका छन्,’ उनले भनिन् । उनी राम्रा फिल्म छनोट गर्ने अभिनेत्रीको सूचीमा पर्छिन् ।

‘फिल्ममा महिलालाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा मेरा लागि महत्वपूर्ण हुन्छ। यस वर्ष रिलिज हुने फिल्महरूमा मैले विशेष, स्वतन्त्र, आत्मविश्वास र व्यक्तिगत महिलाको भूमिका निर्वाह गरेको छु। यो मेरो लागि खुसीको कुरो हो। कारण महिला भएको कारण विभिन्न भूमिकाहरु निर्वाह गरिरहेको छु ।’

यस वर्ष उनी अभिनेता अक्षय कुमारको ‘दुर्गावती’, ‘डली किट्टी और वो चमाक्ते सितारे’, ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भूत : द हन्टेड’ मा देखिने छिन् ।