शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

तस्करहरूले गरेको कारुणिक हत्या : उत्खनन् विरोध गर्ने विद्यार्थीमाथि ट्रिपर चलाइयो

दैनिक नेपाल २०७६ पुष २५ गते ११:५२

जनकपुर, २५ पुस । खोला उत्खनन् गर्ने तस्करहरूले जनकपुरमा एउटा विभत्स र सोच्नै नसकिने हत्या गरेका छन् । अवैध उत्खनन्  गरी नदीजन्य बस्तु तस्करीको विरोध गर्ने इन्जिनियरिङका विद्यार्थी दिलीपकुमार महतोको ट्रिपरले किचेर शुक्रबार हत्या गरिएको हो ।

मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन् गरी बालुवा, गिट्टी झिकिरहेको काम रोक्दा महतोको हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार उत्खनन्को विरोध र्दा ना७ख ६४१३ नम्बरको टिपरले किचेर महतोको हत्या गरियो ।

बिहान ४ बजे उत्खनन् नगर्न आग्रह गर्दै खोलामा पुग्दा उनीमाथि ट्रिपर चलाइयो, महतोको घटनास्थलमा नै मृत्यु भयो ।

मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइएको छ ।

हत्याको विरोधमा उक्त क्षेत्रमा चक्काजाम गरिएको छ । तस्करलाई पक्राउ गरी कारबाही र मृतकलाई शहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया
सम्बन्धित