बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

३३ किलो सुन काण्डमा मुछिएका भण्डारी १० लाख धरौटीमा रिहा

दैनिक नेपाल २०७६ पुष २४ गते १३:५३

काठमाडौँ, २४ पुस ।  ३३ किलो सुन प्रकरणमा मुछिएका बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत मोरङले भण्डारीलाई १० लाख धरौटीमा रिहा गर्न निर्देशन दिएपछि उनि रिहा भएका हुन् । सुन काण्डमा मुछिएपछि फरार रहेका भण्डारीले आइतबार मात्रै अमेरिकाबाट आएर अदालतमा सुटुक्क आत्मसर्मपण गरेका थिए ।

३३ किलो सुनका मुख्य तस्कर चुडामणि उप्रेती गोरे अहिले थुनामा छन् । भण्डारी नातामा उप्रेतीको भान्जा पर्छन् ।

बाजेको सेकुवामा तस्करी गरिएका धेरै सुनको सेटिङ हुने गरेको अनुसन्धानमा संलग्न प्रहरीहरूले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित