शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इरान र अमेरिकाबीचको तनावले नेपाली बजारमा पेट्रोलियम पदार्थको तत्काल अभाव नहुने

दैनिक नेपाल २०७६ पुष २४ गते १२:१४

काठमाडौँ, २४ पुस ।  इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तर त्यसबाट नेपाली बजारमा तत्काल ठूलो असर नपर्नेू नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भारतबाट तेल किन्ने गरेको छ। भारतले ८० प्रतिशतभन्दा बढी तेल इरानसहित मध्यपूर्वका अन्य देशबाट आयात गर्ने हुँदा अमेरिका-इरान तनावका कारण त्यहाँ विकसित परिस्थितिको प्रभाव नेपाली बजारमा पनि पर्न सक्ने अनुमान धेरैले गरेका थिए।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपाली बजारमा पनि सामान्य रूपमा मूल्य बढ्ने तर पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नआउने निगमले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

हाम्रो खरिदमै मूल्य बढेर आयो भने हामीले पनि बढाउनुपर्ने हुन्छ। तर हामी जथाभावी मूल्य बढाउँदैनौँ,ू नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने।

मूल्यबारे निर्णय लिँदा मुद्रास्फीतिको दर, महँगी तथा आर्थिक वृद्धिदरलाई असर नगर्नेगरी र कुनै पनि परियोजनाको लागत नबढ्नेगरी निर्णय लिन्छौँ, उनले भने।

कच्चा तेलको मूल्य एक डलरले मात्र बढ्दा निगमलाई मासिक १८ करोड भार पर्ने अधिकारीहरूले बताउने गरेका छन्।

नेपाली मुद्रा अमेरिकी डलरसँग एक रुपैयाँ मात्र कमजोर हुँदा नेपाललाई मासिक १४ करोड रुपैयाँ घाटा पर्छ।

केही महिनाअघि साउदी तेलखानीमा आक्रमण हुँदा अन्तर्राष्ट्रिय बजारमा छ रुपैयाँ प्रतिलिटर मूल्य बढेको भए पनि निगमले नेपाली बजारमा मूल्य नबढाएको उदाहरण उनले सुनाए।

मध्यपूर्वमा विकसित तनावपूर्ण परिस्थितिका कारण अहिले नेपालमा बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने र आपूर्तिमा असर नपर्ने निगमले जनाएको छ।

नेपालाई सरकारको भारतीय तेल निगमले तेल बेच्ने गरेको र उसले आवश्यक पर्ने पेट्रोलियम पदार्थ उपलब्ध गराउने वचन दिएको बताइएको छ।

आफूहरू निरन्तर उनीहरूको सम्पर्कमा रहेको निगमका कार्यकारी निर्देशक पौडेलको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित