बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

डोजर दुर्घटना हुँदा दुईको मृत्यु(अपडेट)

दैनिक नेपाल २०७६ पुष २४ गते १२:०२

काठमाडौँ, २४ पुस ।   काभ्रेको पनौती नगरपालिकामा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पनौती–११ का १६ बर्षीया राउत केसी र सिन्धुपाल्चोक स्थायी घर भइ दिदीको घरमा आएकी १५ बर्षीया रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परी स्काभेटर चालक पनौती नगरपालिका–७ का २७ बर्षीया जीवन ताम्राकार घाइते भएका छन् । उनको धुलिखेल अस्पतलामा उपचार भैरहेको छ ।

पनौती नगरपालिका वडा नम्बर ११ थुम्की डाँडामा बाटो खन्दै गरको डोजर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

डोजर रोशी खोलामा पुगेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित