१० मंसिर २०८३, बिहिबार

प्रदेश राजधानी र नामाकरणबारे निर्णय गर्न नेकपा संसदीय दलको बैठक हेटौंडामा शुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ पुस ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश ३ को राजधानी र नामाकरण आफ्नै हिसाबले निर्णय गरेपछि अहिले उक्त विषय विवादित बनेको छ ।

प्रदेशको नाम र राजधानीका विषयमा नेकपाले हस्तक्षेप गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यहि विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर ३ को संसदीय दलको बैठक हेटौंडामा शुरु भएको छ ।

प्रदेशको नाम र राजधानीका विषयमा संसदीय दलको बैठकमा छलफल हुने छ ।

नेपाल कम्युनिष्ट पार्टीले नाम र राजधानी तोकेपछि नेकपाकै कतिपय नेताहरुले यसको विरोध गरिरहेका छन् ।