४ कार्तिक २०८३, बुधबार

अञ्जु र गगनको ‘ठेकी भित्र मदानी’मा केकी र बिजुको ठुम्का (भिडियो )

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकी भित्र मदानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शकां नगर जस्ता सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन् ।

‘म त मर्छु क्यारे’ जस्तो कालजयी गीतका स्रष्टा निम संगीतले सार्वजनिक गीतमा गाउँघरको लोक शैलीमा अत्यन्त मीठो संगीत र एरेन्ज गरेका छन् ।

ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरुलाई समेटी सन्चारकर्मी, गायक तथा रचनाकार कपिल कस्पालको शब्द रचना रहेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छन् ।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।

सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सार्वजनिक गीतलाई म्युजिक नेपालको च्यानलमा हेर्न सकिन्छ ।