बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको प्रसाईको आरोप

दैनिक नेपाल २०७६ पुष २३ गते १४:५४

काठमाडौं, २३ पुस । झापाको विर्तामोडमा रहेको प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुुुस मागेको आरोप लगाएका छन् ।

उक्त विषयबारे नेपाल कम्युनिस्ट पार्टीका नेतालाई जानकारी गराइसकेको दाबी गरेका उनले बुधबार पत्रकार सम्मेलन गर्दै एक करोडसम्म दिने कुरा आफूले गरे पनि गिरीले आफूमाथि नेताहरु पनि रहेको भन्दै २० करोडको दाबी नछाडेको बताए ।

१५ मंसिरमा द्वारिकाज होटलमा गिरीलाई भेटेको प्रसाईले सुनाए । उनले भने,‘सम्पत्ति शुद्धिकरणका कारण यति ठूलो रकम चलाउन सकिँदैन एक करोडसम्म भनेको बुरा बेग्लै हो भनें, उनले मेरो सम्धी हुनुहुन्छ झापामा, उहाँको नाममा १० प्रतिशत शेयर पास गरिदिनस् भने ।’

घुस माग गरेको कुरा रेकर्ड नगरेको तर गिरीसँग बसेर फेस टु फेस यो कुरा गर्न तयार रहेको प्रसाईले बताए । उनले आफ्नो कलेजले सम्बन्धन नपाए यसको सम्पत्ति राज्यले चलनचल्तीको भाउमा खरिद गर्नुपर्ने चुनौति पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित