शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आईजी खनालको ठाडो आदेशमा एसपी पोखरेलको एक्शन, समातिए राजपा केन्द्रीय सदस्य

दैनिक नेपाल २०७६ पुष २३ गते १४:१८

काठमाडौं, २३ पुस । ऋण दिँदा रजिस्ट्रेशन नै पास गरी सर्वसाधारणको सम्पत्ती हडप्ने राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सर्लाहीका पीडितले महान्यायाधीवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरी गुनासो गर्दै गर्दा प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले सर्लाहीका प्रहरी प्रमुख (एसपी) विश्वमणि पोखरेललाई पीडक भनिएका यादव र नयाँ शक्ति नेपालका सञ्जय रौनियारलाई पक्राउ गर्न ठाडो आदेश दिएका थिए ।

आईजी खनालको आदेशअनुसार एसपी पोखरेलले तत्कालै यादवलाई पक्राउ गरेका छन् भने रौनियारको खोजी कार्य जारी राखिएको छ ।

पीडितहरूले गृह मन्त्रालयमा आएर उक्त विषयमा गुनासो गरेका थिए । ‘घरजग्गा नै पास गरेर साधारण ऋणमा अर्बौं रकम लिएको गुनासो आएपछि अनुसन्धानका लागि तत्काल पक्राउ गर्न निर्देशन जारी भयो’, आईजी खनालको सचिवालयले भन्यो,‘यादव पक्राउ परेका छन् अन्यको खोजी भइरहेको छ ।’

यसरी यादव र रौनियारले ५० औं जनाको ५ अर्ब भन्दा बढीको सम्पत्ति आफ्नो नाममा पारेको आरोप पीडितले लगाएका छन् । ‘हामीले लिएको ऋणको साटो हाम्रो सम्पत्ती नै हडपेपछि सरकारसँग गुहार माग्नुको विकल्प भएन’, पीडितहरूले सामूहिक रुपमा भनेका छन्,‘हामीलाई न्याय चाहियो ।’

प्रतिक्रिया
सम्बन्धित