शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मादक पदार्थ सेवनगरी चलाउँदा दुर्घटना भएको कारमा रहेको अभिनेत्री राणाको स्वीकार

दैनिक नेपाल २०७६ पुष २३ गते १३:४५

काठमाडौं । मादक पदार्थ सेवन गरी चलाउँदा बुढानिलकण्ठमा तीन साता अघि दुर्घटना भएको कारमा रहेको चौथो व्यक्ति अभिनेत्री परमिता राणा भएको पुुष्टि भएको छ ।

राणा आफैंले चौथो व्यक्ति आफू भएको स्वीकार गरेकी छन् । जसबारेमा प्रहरीले प्रस्ट खुलाएको थिएन । तर, दुर्घटनाचाहिँ मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण भएको उसको मुचुल्कामा छ ।

२८ मंसिरमा उक्त दुर्घटना भएको थियो ।

चार जना सवार कारले सडकको पेटीमा हिँडिरहेकी गोरखा घर भएकी लिला देवकोटालाई ठक्कर दिएको दिँदा मृत्यु भएको थियो । कारमा दुई जोडी थिए ।

चालक पृथ्वी मल्ल, यात्रुहरुमा करिश मास्के र एलिना थापाको नाम प्रहरीले खुलाए पनि राणाको नाम खुलेको थिएन । उनले मंगलबार सामाजिक सञ्जालमार्फत घटनाको बयान गर्दै आफू रहेको खुलासा गरेकी हुन् ।

उक्त दिन दुर्घटना गराउने बा१४च ६१२३ नम्बरको कारमा आफू पनि सवार रहेको स्वीकार गरेकी छिन् ।

‘सर्वप्रथम म सबैसँग माफी माग्न चाहन्छु । चार जना मानिसले लिएको एक मूर्खतापूर्ण निर्णयले एक निर्दोषको ज्यान गयो,’ उनले लेखेकी छिन्, ‘यो सत्य नहोस् र यो सपना मात्र होस् भन्ने कामना गरे पनि उक्त कार भित्र म पनि एक यात्रु थिएँ । म अझै पनि उक्त घटनाले स्तब्ध छु । माफी माग्नमा ढिलाइ गरेकोमा मनदेखि माफी क्षमा चाहन्छु । मप्रति जनताले देखाएको आक्रोशलाई बुझ्छु ।’

‘मापसे गरेर गाडी चलाउनु विकल्प नभएर र आफू र अरुलाई सुरक्षित राख्ने मैले चाँडै  बुझ्नुपथ्र्याे ।’

परमिताले आफूले पनि आफ्नो पितालाई कार दुर्घटनामा गुमाएको बताउँदै आफूलाई आमाले हुर्काएको र परिवारको सदस्य साथमा नहुनुको पीडा आफूलाई थाहा भएको पनि बताएकी छिन् ।

रमाइलो गर्नका राणासहित अन्य जोडी बुढानिलकण्ठमाथि शिवपुरीमा पुगेको बताइएको थियो । ति मध्येका मल्ल र राणाबीचको सम्बन्ध राम्रै रहेको बताइएको छ । मल्ल अमेरिकामा अध्ययन गर्ने सम्पन्न परिवारका सन्तान रहेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित