४ कार्तिक २०८३, बुधबार

नेकपामा फ्लोर क्रसको त्रास

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्न निर्देशन जारी गरेपछि उत्पन्न विवाद साम्य पार्न शीर्ष नेताहरुले प्रयास थालेका छन्। नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्रै विवाद उत्पन्न कायम भएको छ।

‘मंगलबार तीन घण्टा लामो छलफलमा अध्यक्षद्वय र प्रदेशका नेताहरुबीच भएको छलफलमा सचिवालयको निर्णय कार्यान्वयन गर्नेगरी टुंगिए पनि कार्यक्षेत्रमा भने फ्लोरक्रसको सम्भावना रहेको छ’, बैठकपछि स्रोतले भन्यो, ‘अध्यक्षद्वयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै कायम गर्न पुनः निर्देशन दिनुभएको छ।’

नेकपा प्रदेश ३ की पार्टी इन्चार्ज अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा नेताहरुलाई सांसदले उठाएका सबै प्रश्न सुनाइएको थियो। ‘रामेछाप, दोलखा, रसुवालगायतका जिल्लाका सांसदले के भनेका छन्, उनीहरुलाई न्याय भयो कि भएन भन्नेबारेमा नेताहरुलाई सुनाइएको थियो। उहाँहरुले गल्ती भयो भन्ने महसुस गरे पनि पार्टीको निर्णय भएकाले पछाडि फर्किन नसकिने बताउनुभयो’, शाक्यले भनिन्।

नेकपाका प्रदेशसभा सांसदले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयको निर्देशन नमान्ने बताएपछि नेताहरु संसदीय दलको बैठक रोकेर काठमाडौं आएका थिए।

प्रदेशका नेताहरु आएको जनाकारी पाएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकबाट सीधै बालुवाटार पुगेका थिए। उनले प्रदेशका नेताहरुलाई सम्झाउने कोसिस गरेका थिए।

नेताहरुले फ्लोर क्रस हुनसक्ने सम्भावनाबारे जानकारी गराएका थिए। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडालाई नै राजधानी मान्न पार्टीले पुनः निर्देशन दिएको बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।