४ कार्तिक २०८३, बुधबार

विद्यार्थीको प्रदर्शनमा दीपिकाकाे साथ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीको प्रदर्शनमा ऐकवद्धता प्रकट गर्न अभिनेत्री दीपिका पादुकोण पनि पुगेकी छन् ।

दुई दिनअघि नकावधारी हिन्दूवादी समूहले आक्रमण गरेको विरोधमा जेएनयूका विद्यार्थीहरुले प्रदर्शन गर्दैआएका छन् । आइतबारको उक्त घटनामा विद्यार्थी युनियनका अध्यक्षसहित थुप्रै विद्यार्थी र शिक्षक घाइते भएका थिए ।

सोही कारण उनीहरुले प्रदर्शन जारी राखेका छन् । अभिनेत्री दीपिका विश्वविद्यालय पुगेर आइतबारको घटनाको विरोध जनाइन् ।

एनडिटिभीसँग अन्तर्वार्ता दिँदै उनले आफ्ना कुरा व्यक्त गर्न नडराउने बताएकी छन् । दुई दिनअघिसम्म उनी फिल्म ‘छपाक’को प्रचारमा व्यस्त थिइन् ।