शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बहुचर्चित निर्भया बलात्कार काण्डका दोषीलाई २२ जनवरीमा फाँसीमा झुन्ड्याउने अदालतको फैसला 

दैनिक नेपाल २०७६ पुष २२ गते १७:५३

काठमाडौं, २२ पुस । भारतको एउटा अदालतले सन् २०१२ मा दिल्लीमा भएको बहुचर्चित निर्भया बलात्कार काण्डका चार दोषीलाई २२ जनवरीमा फाँसीमा झुन्ड्याउने मिति तय गरेको छ ।

भारतीय समयअनुसार विहान ७ बजे तिहाड जेलमा दोषीलाई फाँसी दिने अदालतले मिति तोकेको हो ।

भारतको राजधानी दिल्लीमा एउटा बसमा निर्भयाको ज्यानै जाने गरी ६ जनाले सामूहिक बलात्कार गरेका थिए ।

निर्मम सामूहिक बलात्कारको ८ बर्ष पुगेपछि भारतीय अदालतले फाँसीको मिति तोकेको हो ।

सन् २०१२ को डिसेम्बर १२ मा राति नौ बजेपछि निर्भया र उनका केटा साथी बस चढेका थिए । त्यो बसका चालक र अन्य पाँच पुरुषले ती महिलालाई सामूहिक बलात्कार गरे र उनका केटा साथीलाई नराम्ररी कुटपिट गरे ।

नग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालियो । बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल लगी प्रहरीलाई खबर गरे । निर्भयाकोे पन्ध्र दिनपछि मृत्यु भयो र उनका केटा साथी भने जिन्दगीभर डर दिने सम्झनासहित बाँच्न सफल भए ।

घटनाका चार आरोपी अक्ष्या, विनय, मुकेश र पवन नाम गरेका दोषीलाई फाँसीका लागि मिति तय गरिएको हो ।

दिल्लीको पटियाला हाउस कोर्टमा निर्भयाकी आमाको निवेदनमाथि सुनुवाई गर्दै अदालतको त्यस्तो फैसला आएको हो ।

यो अपराधको पाँचौं आरोपी राम सिंहले अदालती प्रक्रिया चलिरहेकै बेला जेलमा आत्महत्या गरेका थिए । अर्का एक आरोपीलाई भने नाबालक भएको भन्दै मृत्युदण्डबाट उन्मुक्ति दिइएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित