४ कार्तिक २०८३, बुधबार

सप्तऋषि अस्पतालमा एक रातमै तीन शिशुको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २२ पुस । लहान नगरपालिका–१९ की २५ वर्षीया जानकी यादवलाई शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सप्तऋषि अस्पताल लगियो।

दोस्रोपटक आमा बन्दै गरेकी उनलाई निजी अस्पतालमा भरपर्दो उपचार हुने आशाले त्यहाँ लगिएको थियो। भर्ना भएको झन्डै पाँच घन्टापछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने जानकारी परिवारलाई गराए।

‘शल्यक्रियाका लागि डाक्टरले सहमतिपत्रमा हस्ताक्षर गरी मन्जुरी जनाउन भनेपछि त्यसै ग-यौं,’ जानकीका पिता घुरन यादवले भने। शल्यक्रियापछि सकुशल छोरा जन्मियो। केही बेरपछि नर्सहरूले बच्चालाई आइसियुमा राख्नुपर्छ भने। ‘बच्चाको अवस्था ठीक छ, आत्तिनुपर्दैन, यो कागजमा छिटो हस्ताक्षर गर्नुस् भने। हामीले फेरि पनि हस्ताक्षर ग-यौं,’ घुरनले भने ।

केहीबेरमै तिनै नर्सहरूले भने, ‘बच्चा म-यो।’ त्यसपछि आफूहरूको होस उडेको घुरनले सुनाए। बच्चाको शव छिटो लान दबाब दिएपछि नजिकैको बलान खोलामा लगेर गाडिदिएको बताए।

घुरनले शनिबार साँझ इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरदकुमार थापा क्षत्रीलाई फोन गरेर घटनाबारे जानकारी गराए। थापासहितको टोली अस्पतालमा पुगेपछि शुक्रबार राति थप दुई महिलाले शिशु गुमाएको घटना सार्वजनिक भयो।

शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि औरही गाउँपालिका–१ दरैहियाकी २३ वर्षीया प्रमिला यादव सप्तऋषि अस्पताल पुगिन्। उनलाई भर्ना गरेर स्लाइनपानीमार्फत सुई दिन थालियो।

पानी चढाएपछि व्यथा हराएको तर पेट फुट्ला जस्तो भएको प्रमिलाकी नन्द शिवोदेवीले बताइन्। उनका अनुसार त्यसपछि नर्स र डाक्टरहरू शल्यक्रिया गर्नुपर्छ भन्दै हतारिन थाले। नागरिक दैनिकले खबर छापेकाे छ ।