शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आमालाई छुरा प्रहार गर्ने अभिनेत्री पक्राउ

दैनिक नेपाल २०७६ पुष २१ गते ७:२८

न्युयोर्क । सन् २०११ को फिल्म ‘क्याप्टेन अमेरिकाः द फस्ट एभेन्जर’ फिल्मकी अभिनेत्री आमालाई छुरा प्रहार गरेको अभियोगमा पक्राउ परेकी छिन् ।

प्रहरीका अनुसार नयाँ वर्षको अघिल्लो दिन आमालाई छुरा प्रहार गरेको अभियोगमा अभिनेत्री मोली फिट्जगराल्डलाई कान्सासबाट पक्राउ गरिएको थियो ।

अभिनेत्री मोलीकी आमा पेट्रसिया फिट्जगराल्ड कान्सासस्थित घरमा मृत अवस्थामा फेला परेको प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

अनलाइन अदालतको रेकर्डअनुसार अभिनेत्री मोलीलाई हिरासतमा राखेर हत्याको अभियोग लगाइएको छ। ‘घटनाबारे जानकारी पाएलगत्तै त्यहाँ पुग्दा गडबड देखियो । ६८ वर्षीय पेट्रसियाको शरीरमा छुरा प्रहारपछिका घाउहरू थिए,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘क्याप्टेन अमेरिका : द फस्ट एभेन्जर’ मा सानो भूमिकामा देखिएकी अभिनेत्री मोली सन् २०१८ को ‘ट्रबल इज माइ बिज्नेस’ फिल्ममा देखिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित