शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समितिबाट निराला सर्वसम्मत अनुमोदन

दैनिक नेपाल २०७६ पुष २१ गते ७:२२

काठमाडौं, २१ पुस । संसदीय सुनुवाइ समितिले न्यायपरिषद् सदस्यमा सिफारिस लक्ष्मीबहादुर खड्का निरालालाई सर्वसम्मतले अनुमोदन गरेको छ ।

आइतबार भएको सुनुवाइपछि समितिका सभापति लक्ष्मणलाल कर्णले निरालालाई सर्वसम्मतले न्यायपरिषद् सदस्यमा अनुमोदन गरिएको बताए ।

१० दिनअघि देखि उजुरी आह्वान गरेको संसदीय समितिमा निरालाविरुद्ध कुनै उजुरी परेनन्। यही पुस ३ मा मन्त्रिपरिषद् बैठकले निरालालाई रिक्त रहेको परिषद् सदस्यमा सिफारिस गरेको थियो ।

सभापति कर्णले ‘क्षमता र अनुभवका आधारमा योग्य देखिएको हुँदा न्यायपरिषद् सदस्यमा निरालालाई सर्वसम्मतिले अनुमोदन भएको’ बताए ।

शाही शासनकालमा महान्यायाधिवक्ता भएका निराला परिषद् सदस्यमा सिफारिस भएपछि नेकपा कानुन व्यवसायी बृत्तमा टिप्पणी भएको थियो ।

संसदीय सुनुवाइ समितिमा उनले २०६२/०६३ को जनआन्दोलन दमनबारे छानबिनपछि रायमाझी आयोगले आफूलाई निर्दोष सावित गरेको दाबी गरे। ‘शाहीकालमा पनि एक इञ्च दायाँबायाँ नगरी काम गरेको हुनाले मलाई रायमाझी आयोगले निर्दोष सावित ग-यो ।’

समितिका सदस्य देव गुरुङले न्याय क्षेत्रमा निकै भ्रष्टाचार र अनियमितताका कुरा सुनिँदै आएको र आगामी दिनमा कसरी काम गर्ने भन्ने प्रश्न सोधेका थिए ।

प्रतिक्रिया
सम्बन्धित