४ कार्तिक २०८३, बुधबार

‘चुईगम भर्सेस पराग’ रिले दोहोरी गीत सार्वजनिक (भिडियोसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस ।   चर्चित लोक तथा दोहोरी गायक गायीकाहरुको स्वर रहेको ‘चुईगम भर्सेस पराग’ बोलको गीत सार्वजनिक गरिएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमकाबीच उक्त गीतलाई राष्ट्रिय सभाकी सदस्य तथा चर्चित गायिका कोमल वली र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

उक्त गीतमा लय तथा शब्द राजकुमार बानियाँको रहेको छ भने गीतको निर्माता भने रमेश धरेल हुन् । गीतमा प्रिती आले, राजकुमार बानियाँ, रविन लामिछाने र टिका सानुको स्वर रहेको छ ।

गीत जलेश्वरी म्युजिकले बजारमा ल्याएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेकी सांसद सांसद कोमल वलीले गीतका रचनाकार बानियाँलाई यो गीतले चर्चाको शिखरमा पुर्याउने विश्वास व्यक्त गरिन् ।

फरक प्रशंगमा गायीका तथा सांसद वलीले सूचना प्रविधि विधेयक प्रेसमैत्री हुने विश्वास दिलाइन् ।