शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कृषि विकास बैंकको लुटिएको एक करोड रकम भएका नेपाल पक्राउ

दैनिक नेपाल २०७६ पुष २० गते १२:२९

काठमाडौं, २० पुस । कृषि विकास बैंकको लुटिएको रकम मध्ये एक करोड खातामा देखिएका दिपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले खोजी सूचीमा रहेका मोरङ  रंगेली नगरपालिका–२ का ४३ वर्षीय नेपाललाई शुक्रबारै पक्राउ गरेको थियो । बैंकबाट झिकिएको एक करोड रुपैयाँ लिएर नेपाल फरार भएका थिए ।

ह्याकर समूहका मानिससँग पनि पटकपटक सम्पर्क भएको देखिएपछि नेपाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

५ असोजमा बैंकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

नाइजेरियन मुलका भनिएका पिटर हर्मन र स्मिथको मुख्य योजनामा नेपालमा ह्याकिङदेखि अनलाइन ठगी हुने गरेको थियो । खातामा पैसा आउने र कमाई हुने भन्दै पिटरले नेपालीलाई प्रयोग गरेको अनुसन्धानमा खुलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित