बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेकपाको केन्द्रीय कमिटिको बैठक माघ १५ गतेलाई सर्‍यो

दैनिक नेपाल २०७६ पुष २० गते ११:२७

काठमाडौं, २० पुस ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटि बैठक सरेको छ ।

पुुस २३ गते बस्ने भनिएको बैठक माघ १५ गतेलाई सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

आइतबार बिहान बसेको बैठकले राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै बैठक सारिएको बताइएको छ । राष्ट्रियसभाको निर्वाचन माग ९ गते हुँदैछ ।

सचिवालयमा बैठकमा सभामुख चयन र विकास र सहयोग सम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)का विषयमा पनि छलफल भएको नेताले बताए ।

प्रतिक्रिया
सम्बन्धित