शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना, १ को मृत्यु, २० घाइते

दैनिक नेपाल २०७६ पुष २० गते ९:४८

रुकुम, २० पुस ।  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ मा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ५ को विद्या विकास माविमा कक्षा ८ का छात्र दलबहादुर विक रहेका छन् । शनिबार राती त्रिवेणी गाउँपालिकाको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ खेलेर फर्किरहेको ट्याक्टर दुर्घटनामा परेको हो ।

घाइते ४ जनाको अवस्था भने गम्भिर रहेको बताइएको छ । उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको छ ।

निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायका अनुसार ट्याक्टर सडकभन्दा झण्डै २५ मिटर तल खसेको छ ।

दुर्घटनाको कारण खुलेको छैन भने चालक गणेश परियार फरार रहेको प्रहरी निरीक्षक रोकायले बताए ।

प्रतिक्रिया
सम्बन्धित