१० मंसिर २०८३, बिहिबार

प्रदेश २ मा सत्ता समीकरणको दवाव, राउतको पद धरापमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रदेश २ मा मुख्यमन्त्री र राजनीतिक समीकरण परिवर्तनको तयारी शुरु गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग राष्ट्रिय सभाको निर्वाचनका लागि दुई बुँदाको सहमति गरेको राजपाले प्रदेश २ मा पनि समीकरण परिवर्तन गर्न दवाव दिइरहेको स्रोतले जनाएको छ ।

राजपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्न कठिनाइ रहेको बताउन थालेको छ ।

सत्तारुमा रहेका बेला समाजवादी पार्टीले राजपालाई धेरै महत्व दिएको थिएन । समाजवादी पार्टीको सोही अँकारका कारण राजपाले नेकपासँग सहमति गरेको थियो ।

सोही सहमतिलाई आधार बनाउँदै राजपाले नेकपालाई प्रदेश २ मा सरकार परिवर्तनको दवाव दिएको एक नेताले बताए ।

राजपाले समाजवादी पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका मो.लालबाबु राउतलाई हटाएर राजपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने तयारीमा लागेको एक नेताले बताए ।

नेकपाले राजपासँग सत्ता समीकरण भयो भने मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान राखेपछि विवाद उत्पन्न भएको छ ।