४ कार्तिक २०८३, बुधबार

बढ्दै चेक बाउन्सका घटना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । ललितपुर सानेपाकी रितु (नाम परिवर्तन) ४ करोड २० लाखको चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा पुगिन्।

करीब दुई साताअघि जग्गा कारोबार गर्दा दुवै पक्ष जिल्ला मालपोत कार्यालय ललितपुरमा गएका थिए। त्यहाँ सम्पति स्रोत खुलाई चेकमार्फत भुक्तानी गर्ने सहमति भयो। सोही अनुसार उमेश बस्नेतले उनलाई चेक हस्तान्तरण गरे।

चेक हातमा परेको भोलिपल्ट उनी वाणिज्य बैंक पुगिन्। चेक दिने व्यक्तिको खातामा पैसा नभएपछि उनलाई शंका लाग्यो। ती व्यक्तिलाई फोन गर्दा स्विचअप थियो। त्यसपछि रितुलाई तनाव भयो। तीन दिनसम्म चेक बोकेर बैंक धाइरहिन्।

बैंकका कर्मचारीले ‘हुँदैन, चेक बाउन्स छ’ भनिदिएपछि आफू ठगिएको महसुस गर्दै उनी प्रहरी गुहार्न टेकु पुगेकी थिइन्। ‘खातामा पैसा होला भनेर कारोबार गरियो, मालपोतमा चेकबाट पैसा दिने सहमति पनि भएको थियो तर तीनपटक बैंकमा साट्न जाँदा चेक दिने व्यक्तिको खातामा पैसै रहेनछ,’ उनले सुनाइन्। प्रहरीका अनुसार चेक बाउन्स कारोबार गर्ने व्यक्ति फरार छन्।

अर्का एक व्यक्ति पनि त्यसैगरी बाउन्स चेकमा फसेको भन्दै फाइल बोकेर आइपुगे। उनको चार करोड १७ लाखको चेक बाउन्स थियो। जग्गा व्यवसायीले नै बाउन्स चेक दिएर ठगेको उजुरी प्रहरीमा दिएर उनी फर्किए। ‘मोटो रकम चेकमै कारोबार हुने भएकोले विश्वास गरेर चेक बोकियो, साट्न जाँदा खातामा पैसा रहेनछ,’ ती व्यक्तिले सुनाए।

परिसरमै भेटिएका विराटनगरका सुरेश बस्नेत पनि चेक बाउन्समा ठगिएका थिए। लुगा खरिद गर्दा विराटनगरकै व्यापारी मुकेश शाहले दिएको चेक बाउन्स भएपछि उनी उजुरी दिन परिसर आएका थिए। ‘मेरो मोबाइल पसल थियो,’ उनले भने, ‘त्यहीं कारोबार भयो, साट्न जाँदा खातामा पैसा थिएन।’ नागरिक दैनिकले खबर छापेकाे छ ।