शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

राप्रपा (संयुक्त)काे आज उच्चस्तरीय कार्यसम्पादन समितिको बैंठक बस्दै

दैनिक नेपाल २०७६ पुष २० गते ७:३१

काठमाडाैं, २० पुस ।  राष्ट्रिय प्रजातान्त्र पार्टी (संयुक्त) को आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चाबहिलमा केन्द्रीय उच्चस्तरीय कार्यसम्पादन समितिको बैंठक बस्ने भएकाे छ ।

बैठकमा भाबी कार्यक्रम तथा नीति र संगठन सुदृढीकरण एवम् बिस्तार सम्बन्धी प्रतिबेदनमाथि छलफल हुने प्रवक्ता किरण गिरीले जानकारी दिए ।

प्रतिबेदनहरू उच्चस्तरीय कार्यसंपादन समितिका सदस्यहरू हरिबहादुर बस्नेत र नवराज सुबेदीले बैठकमा प्रस्तुत गर्ने छन् ।

पुस ९ गते बसेको राप्रपा संयुक्त उच्चस्तरीय कार्य संपादन समितिको बैठकले बस्नेत र सुबेदीको संयोजकत्वमा आबस्यक गृहकार्य गरी अबका दिनहरूमा पार्टी कसरी अगाडि बढ्ने ? भन्ने सम्बन्धमा प्रतिबेदन तयार गर्न छुट्टाछुट्टै समितिहरू गठन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित