१० मंसिर २०८३, बिहिबार

समाजसेवी सिलवालले ज्येष्ठ नागरिकलाई बाँडिन् न्यानो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १९ पुस । समाजसेवी सृजना सिलवालले ललितपुरको गोदाबारी नगरपालिका–५ का दुई सय ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसहित सम्मान गरेकी छन् ।

जाडो मौसममा ज्येष्ठ नागरिकका लागि न्यानो कपडा वितरण गरी थोरै भए पनि उनीहरूको मुहारमा खुसी दिलाउने कोशिश गरिएको सिलवालले बताएकी छन् ।

कार्यक्रममा समाजसेवी सविना सिलवाल, लक्की श्रेष्ठ, निर्भा सिलवाल, लेलेका सामाजिक एवम् राजनैतिक कार्यकर्ताहरुको बाक्लो उपस्थितिे थियो । कमलकुमारी श्रेष्ठ, यमकुमार श्रेष्ठ, राजेन्द्र सिलवाल, बिनोद सिलवाल, गङ्गाराम डङ्गोल लगायत लेलेका समाजसेवीको सहजीकरणमा ज्येष्ठ नागरिकलाई सम्मान गर्न सकिएको उनले बताइन् ।

लामो समयदेखि सामाजिक काममा सक्रिय रहेकी उनी प्रतिनिधि सभामा ललितपुर–१ का सदस्य नवराज सिलवालकी पत्नी हुन् ।