शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

१९ लाख घुससहित इन्जिनियरहरू पक्राउ

दैनिक नेपाल २०७६ पुष १९ गते ७:१९

काठमाडौं, १९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाबाट झण्डै १९ लाख रुपियाँ घुससहित तीन जना इन्जिनियरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सिभिल इञ्जिनियर विनोद साह, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साह छन् ।

अख्तियारको बर्दिबासबाट खटिएको टोलीले तीन लाख घुस रकमसहित विनोद दासलाई लहानमा रहेको कार्यालयबाट नै पक्राउ गरेको हो ।

इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित