१० मंसिर २०८३, बिहिबार

अख्तियारद्वारा अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरूद्ध मुद्दा दायर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्व मुद्वा दायर गरेको छ ।

ढुंगानाले पदमा रहँदा गैरकानुनी सम्पति आर्जन गरेको पुष्टी भएको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले ढुंगाना र उनकी श्रीमतीविरुद्व ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैँया बिगो माग गर्दै विशेष अदालतमा मुद्वा दायर गरेको हो ।

ढुंगानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति (२०४९) देखि (२०७५) सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ हुने जनाउँदै अख्तियारले तर उक्त अवधिमा उनले गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ अस्वभाविक देखिएको र त्यसमध्ये ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत नखुलेको जनाएको छ ।